काठमाडौं १८ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार १४२ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप २० जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६६ नमुना परीक्षण गर्दा ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ, संक्रमितमध्ये १ लाख ४१ हजार १३४ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १००४ जनाको मृत्यु भइसकेको छ ।