Birat Post सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

बुटवल १७ कार्तिक ।
पछिल्लो समय देशका विभिन्न भागमा राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन हुन थालेका छन् । राजनैतिक दल र तीनले नेतृत्व गरेका काम बाट जनता निराश भएका छन् । कोरोना संक्रमणका क्रममा जनताको स्वास्थ्यका सवालमा समेत राज्य मौन देखिएको छ । यी र यस्तै सवाल उठाउदै राजसंस्था पक्षधरहरु आन्दोलित बनेका छन् । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर र्‍याली निकालिएको थियो । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो मानिएको छ । कार्यक्रम बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताएका थिए । यसभन्दा अगाडी पनि बिरगन्ज र काठमान्डौमा विभिन्न स्वतन्त्र समुहद्धारा राजसंस्थाको पक्षमा प्रदर्शन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल