संखुवासभा १७ कार्तिक ।
संखुवासभाको मकालु गाउँपालिका–५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत सिमरा जितपुर उप–महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो ।
फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक रोड देखि करिब ४०० मिटर तल अरुण नदिको किनारामा खसेर दुर्घटना हुँदा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।