काठमाडौं १६ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार ६२० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २३ नमुना परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ, संक्रमितमध्ये १ लाख ३४ हजार ८४२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९६० जनाको मृत्यु भइसकेको छ ।