सप्तरी १५ कार्तिक ।
विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मावलम्बीहरुले मनाउने विभिन्न चाडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीति बारे उपस्थित अधिकारीगणले मन्तव्य राखेका थिए ।
जिल्ला कार्यालय सप्तरीमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य श्री राम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख श्री मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित थिए ।