अर्जुन खड्का शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,दुहवी १५ कार्तिक / 
सुनसरी स्थित दुहबी नगरपालिकामा बिकासको मुहाननै फुटेको छ । बहुदल पश्चात अहिले सम्मकै अधिक बिकास भएको छ । बिकास निर्माणका कामले द्रुतगतीमा निरन्तरता पाएको छ । दुहबी नगरमा बेद नारायण गच्छदार को उदय भए संगै बिकास निर्माणका काम ले ह्वात्तै उचाइ लिएको हो ।
युवा जोस ,शालिन छबि र बिकास प्रेमि उदाहरणिय युवा नेता गच्छदार को दुहबि प्रतिको स्नेह,त्याग अनि समर्पण अदम्य देखिन्छ । मेयर गच्छदारले दुहबीलाइ नमुना नगरकारुपमा विकास गर्न हरतरहका प्रयासमा जुटेका छन् ।

दुहबीमा ९३ करोडको लागतमा नमुना वाटर पार्क बन्नेक्रममा रहेको छ । ५४ लाखको लागतमा बनेको गुद्री बजार सन्चालनमा ल्याउन लागिएको छ । १२ करोडको लागतमा साप्ताहिक हाटबजार ,कृषि चिस्यान केन्द्र लगायत निर्माणाधिन अबश्थामा रहेका छन् । यस्तै खेलमैदान २० करोड ९२ लाखको लागतमा निर्माणाधिन रहेको छ । नगरप्रमुख आवास योजना अन्तर्गत नमुना बस्ति निर्माण गरि आगामि बर्ष भित्र ८० घर हस्तान्तरण गर्ने लक्ष्य रहेको छ । हाल विद्यमा समस्याकारुपमा रहेको कोरोना संक्रमितहरुको उपचारका लागि क्वारेन्टाइन र सुबिधा सम्पन्न नमुना आइसोलेशन समेत निर्माण गरि सेवा प्रवाह गरिएको छ ।

दुहबी रिङ्गरोड परियोजना अन्तर्गत दुहबी रिङ्गरोडको काम अब केहि महिना भित्रैमा सुरु हुने बताइएको छ । नगर भरि ७ ओटा स्वास्थ्य चौकीहरु निर्माण हुदैछन। दुहबीको भाग्य रेखा बदल्ने बताउदै आएका गच्छदारले युवाहरु संगको कार्यक्रमलाई समेत अगाडी बढाउने बताएका छन् । छाताबेलि हुदै सिमरिया ,तनमुना,पुर्वकुशाहा हुदै दुहबीको कोशी राजमार्ग सम्म जोडिने पक्कि सडक अहिले निर्माणाधिन रहेको छ । ग्रामीण भेगका कृषकहरुको उत्पादन लाइ बजारिकरण गर्न सजिलो बनाउने काममा समेत गच्छदार लागिपरेका छन् ।

नगरवासीहरुले गच्छदारको काम गर्ने शैलिको प्रशंसा गरेका छन् । विकासवादी मेयरमा दर्ज हुन पुगेका गच्छदार दुहबीको विकास ५ बर्ष भित्रमै कायापलट गर्ने बताउछन् । कोरोनाका कारण केही बिकास निर्माणका काममा अबरोध सिर्जना भएको उनको भनाइ छ । विकासका हरेक काम नगरकै समृद्धिका लागि भएको भन्दै गच्छदारले नगरवासीमा सहयोगी भुमिका र सुझावको समेत अपेक्षा गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल