काठमाडौं १३ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार ३८ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ७६९ नमुना परीक्षण गर्दा २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ, संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९०४ जनाको मृत्यु भइसकेको छ ।