Birat Post आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ९ कार्तिक ।
प्रदेश एकमा आज ५५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १२३, सुनसरीमा ११८, उदयपुरमा १३, संखुवासभा र इलाममा ९–९, धनकुटामा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका जिल्लाका २८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५९ महिला, ९२ पुरुष, सुन्दरहरैंचामा ४ महिला, १९ पुरुष, पथरीशनिश्चरेमा ८ महिला, ८ पुरुष, बेलबारीमा ३ महिला, १० पुरुष, उर्लाबारीमा ४ महिला, ५ पुरुष, लेटाङमा ३ महिला, ६ पुरुष, रतुवामाईमा ३ महिला, ४ पुरुष, ग्रामथानका ३ महिला, ३ पुरुष, कानेपोखरीमा २ महिला, ३ पुरुष, बुढीगंगामा १ महिला, १ पुरुष, मिक्लाजुङका १ महिला, १ पुरुष, कटहरी, सुनवर्षी र रंगेलीका २–२ पुरुष र स्थानिय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी झापाको दमकमा २७ महिला, ४१ पुरुष, विर्तामोडमा १० महिला, १३ पुरुष, गौरादहमा ३ महिला, ८ पुरुष, मेचिनगरमा १ महिला, ६ पुरुष, कमल गापामा ३ महिला, २ पुरुष, कनकाई, शिवसताक्षी, गौरिगञ्ज र हल्दिबारीमा २–२ र स्थानिय तह नखुलेका १ महिला, १ पुरुषमा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा २५ महिला, ४४ पुरुष, धरानमा ५ महिला, ६ पुरुष, इनरुवामा २ महिला, ९ पुरुष, दुहवीमा २ महिला, ४ पुरुष, रामधुनीमा २ महिला, ३ पुरुष, बराहक्षेत्रमा ३ महिला, २ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी गापामा १ महिला, १ पुरुष, हरीनगरमा २ पुरुष, बर्जुमा २ महिला, भोक्राहामा १ पुरुष र गढीमा १ महिला, उदयपुरमा ६ महिला, ७ पुरुष, धनकुटामा २ महिला, ४ पुरुष, संखुवासभामा ९ पुरुष, इलाममा ३ महिला, ६ पुरुष, भोजपुरमा १ पुरुष र प्रदेश १ बाहिरमका ९ महिला, १९ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ । प्रदेशमा सक्रिय सक्रमितको संख्या ९ हजार १३३ रहेको छ । आज मोरङका ४ पुरुष, सुनसरीका २ महिला, १ पुरुष, इलामकी १ महिला र झापाका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

प्रदेश एकबाट आज ४७६ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११५ पुगेको छ ।

आज १५ सय ५५ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १९९ महिला र ३५८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ५४ हजार ५४० जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल