विराटनगर ४ कार्तिक ।
मोरङको विराटनगर–१६ स्थित दरैयाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर रानी–१५ का ३१ वर्षीय शम्भु साह र सोही स्थानका ३० वर्षीय बिकी राई रहेका छन्।
विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।