विराटनगर २ कार्तिक ।
मोरङ तथा सुनसरीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । करिब ६ लाख ८ हजार मुल्य बराबरको लत्ता कपडा तथा खाद्यसामाग्री बरामद गरिएको हो । भारतबाट अवैध रुपमा लुकाइ छिपाइ रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यसामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसै गरी इनरुवा–दुहवी सडकखण्डबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सो सामाग्री बरामद गरेको हो । साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाइएको छ ।