Birat Post शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ कार्तिक ।
प्रदेश एकमा आज ४८१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५६ महिला, ६८ पुरुष, सुन्दरहरैचामा ९ महिला, ४ पुरुष, उर्लाबारीमा ५ महिला, ८ पुरुष, बुढीगंगामा ४ महिला, ९ पुरुष, बेलबारीमा ४ महिला, ५ पुरुष, जहदामा १ महिला ८ पुरुष, लेटाङमा ५ महिला, ३ पुरुष, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको धरानमा ५७ महिला, ५२ पुरुष, इनरुवामा ८ महिला, २१ पुरुष, इटहरीमा ४ महिला, ११ पुरुष, रामधुनीमा ३ महिला, ६ पुरुष, देवानगञ्जमा १ पुरुष, १ महिला, दुहवीमा २ महिला, बराहक्षेत्र र गढीमा १–१ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा १६ महिला, ७ पुरुष, दमकमा ४ महिला, ९ पुरुष, भद्रपुरमा २ महिला, ५ पुरुष, कनकाईमा २ महिला ५ पुरुष, मेचीनगरमा ६ पुरुष, कमल गाउँपालिकामा १ महिला, ३ पुरुष, अर्जुनधारामा ३ पुरुष, शिवसताक्षीमा १ पुरुष, १ महिला, गौरादहमा १ पुरुष, हल्दिबारीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला, ४ पुरुष, संखुवासभामा ४ महिला ११ पुरुष, इलाममा १ महिला, ८ पुरुष खोटाङको खोटेहाङमा २ महिला, १ पुरुष, भोजपुरमा १ पुरुष र प्रदेश १ बाहिरका ५ महिला १ं० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४९३ रहेको छ । झापाका ३, मोरङका १ र सुनसरीका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या १२९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल