Birat Post बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ असोज ।
प्रदेश १ मा आज एकैदिन ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जना छन् । यो अहिलेसम्मकै उच्च संक्रमण हो ।

मोरङको विराटनगरमा ३४ महिला, ६६ पुरुष, रंगेलीमा ४ महिला, ८ पुरुष, बेलबारीमा ३ महिला, ६ पुरुष, उर्लाबारीमा ३ महिला, ५ पुरुष, बुढीगंगामा २ महिला, ५ पुरुष, लेटाङमा ५ महिला, २ पुरुष, सुन्दरहरैँचामा ३ महिला, २ पुरुष, कटहरीमा २ महिला, ३ पुरुष, धनपालथानमा ४ महिला, २ पुरुष, केराबारीमा ३ महिला, पथरीशनिश्चरेमा १ महिला, २ पुरुष, कानेपोखरीमा १ महिला, १ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला र ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको इटहरीमा २८ महिला, ४० पुरुष, धरानमा २४ महिला, २८ पुरुष, दुहवीमा २ महिला, १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला, ४ पुरुष, गढीमा २ महिला, १ पुरुष, बराहक्षेत्रमा १ महिला, २ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, झापाको मेचीनगरमा ४ महिला, ७ पुरुष, भद्रपुरमा २ महिला, ७ पुरुष, दमकमा ५ महिला, १ पुरुष, बिर्तामोडमा १ महिला, ३ पुरुष, हल्दिबारी, अर्जुनधारा र बाह्रदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला, १ पुरुषमा संक्रमण देखिएको छ ।

उता उदयपुरको बेलकामा ४ महिला, ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला, १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला, १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, तेह्रथुममा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला, ११ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ८९८ रहेको छ । सुनसरीका २ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८९ पुगेको छ ।

प्रदेश १ मा आज ४५८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विराट मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या ४ हजार ६६२ पुगेको छ ।

प्रदेश १ मा आज १६ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५८ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३२ हजार ३३१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल