विराटनगर २१ असोज ।
मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–८ का ४० वर्षीय अशोक चौधरी रहेका छन् । आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलेक्ट्रिक सट भई करेन्ट लाग्दा चौधरी दुई तला माथीबाट भुईमा खसेका थिए ।
भुईमा खसेर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।