Birat Post मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० असोज ।
प्रदेश १ मा आज एकैदिन ३३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६९ महिला, ८१ पुरुष, सुन्दरहरैंचामा १३ महिला, ८ पुरुष, कटहरीमा ७ महिला, १२ पुरुष, बुढीगंगामा १ महिला, ४ पुरुष, रंगेलीमा १ महिला, २ पुरुष, धनपालथानमा १ महिला, २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी सुनसरीको धरानमा २८ महिला, २६ पुरुष, इटहरीमा ६ महिला, १२ पुरुष, इनरुवामा १ महिला, ४ पुरुष, रामधुनीमा २ महिला, २ पुरुष, बर्जुमा १ महिला, ३ पुरुष, दुहवी, भोक्राहानरसिंह गापा र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला, २ पुरुष, झापाको भद्रपुरमा १ महिला, ५ पुरुष, बिर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्ति गापाका १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला र ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।  प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ८९८ रहेको छ । मोरङ र सुनसरीका २–२ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको छ ।

प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।

प्रदेश १ मा आज १२ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १९५ महिला र १३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख २९ हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल