सुनसरी १८ असोज ।
सुनसरीको ईनरुवाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी दुहबी–१० का २६ वर्षीय दिपक कुमार यादव र हरीनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका छन ।पक्राउ परेका दुवै जनाले लागुऔषध लुकाई छिपाई राखेको सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पश्चात चेकजाँच गर्दा १४० बोतल DIALEX-DC, ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी सुनसरीकै कोशी गाँउपालिका–३ नहर चोकबाट २८ वर्षीय कमरुदिन मियाँ लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको हो । चेकजाँच गर्दा उनिबाट ४५ बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus बरामद गरिएको हो ।
लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।