Birat Post शनिबार, आश्विन १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १७ असोज ।
प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरका ५, खोटाङका ४, ओखलढुङ्गा र संखुवासभाका ३–३, धनकुटाका १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८ महिला, ५० पुरुष, दुहवीमा ३ महिला, ६ पुरुष, इटहरीमा १ महिला, ७ पुरुष, रामधुनी, बर्जु र बराह क्षेत्रमा १–१ महिला र स्थानिय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३१ महिला, ५६ पुरुष, सुनवर्षीमा ४ महिला, १ पुरुष, ग्रामथानमा १ महिला, ३ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष, उर्लाबारी, कानेपोखरी र रतुवामाईका १–१ महिला, झापाको दमकमा १ महिला, १ पुरुष, गौरादह, अर्जुनधारा, कमल गापा र स्थानिय तह नखुलेका १–१ पुरुष, उदयपुरका ५ पुरुष, खोटाङका ४ पुरुष, संखुवासभाका १ महिला, २ पुरुष, धनकुटाका १ पुरुष, प्रदेश १ बाहिरका ९ पुरुषमा संक्रमण देखिएको छ ।

यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६२८ रहेको छ । आज झापाकी १ महिला र सुनसरीका १ पुरुष, १ महिलाको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७९ पुगेको छ ।

प्रदेश १ बाट आज २ सय ८७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २६३, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ९, वि.जि अस्पताल हरीनगरबाट ९, गढी आइसोलेसन केन्द्र सुनसरीबाट ५ र होटल एसियाटेक विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।

प्रदेश १ मा आज १२ सय ९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल