विराटनगर १६ असोज ।
नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले अनसनरत डा. गोविन्द केसीको समर्थनमा विराटनगर स्थित कञ्चनवारीमा कार्यक्रम गरेको छ । चिकित्सा क्षेत्रको सुधार सहितका कार्यक्रमका लागि १९ औं पटक अनसनमा बसेका केसीको समर्थनमा नगर कांग्रेसले दोस्रोपटक कार्यक्रम गरेको हो ।
डा. केसीको माग पुरा नभए सम्म नेपाली कांग्रेस विराटनगरले आन्दोलन गर्ने कांग्रेस नगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपानेले जानकारी दिए । कार्यक्रममा केसीको जीवनरक्षा र उठाइएका मागहरु संवोधन गर्न सरकार संग न्यौपानेले आग्रह गरे । कार्यक्रममा कांग्रेस नगरका पदाधिकारी तथा स्वस्फुर्त सहभागि दर्जनौ स्थानियहरुको सहभागिता रहेको थियो ।