काठमाडौँ १६ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ पुरुष र ४ महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय , मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय पुरुष तथा भक्तपुरकी ६१ र ५१ वर्षीया, काठमाडौँकी ६७ वर्षीया महिला र सुर्खेतकी ७५ वर्षीया रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५२० पुगेको छ ।