Birat Post बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असोज ।
प्रदेश १ मा आज १५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, ओखलढुङ्गा र उदयपुरमा १–१ जना र प्रदेश १ बाहिर ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २८ महिला, ४८ पुरुष, बुढीगंगामा ४ महिला, १० पुरुष, कटहरीमा ४ महिला, ७ पुरुष र कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा ५ महिला, १३ पुरुष, इटहरीमा ५ महिला, १० पुरुष, इनरुवामा १ महिला, १ पुरुष, दुहबी र हरिनगरामा १–१ पुरुष, बराहक्षेत्रमा १ महिला र स्थानिय तह नखुलेका २ पुरुष, झापाको बिर्तामोडमा २ महिला, १ पुरुष, भद्रपुरमा १ महिला, १ पुरुष, मेचिनगरमा २ पुरुष, स्थानिय तह नखुलेको र कचनकवलमा १–१ पुरुष, उदयपुरमा १ पुरुष, ओखलडुङ्गामा १ महिला र प्रदेश १ बाहिर सप्तरीमा ३ पुरुष र बारामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६२९ रहेको छ । मोरङका १, सुनसरीका २ र प्रदेश बाहिरका १ पुरुषको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको छ ।

प्रदेश १ बाट आज ५३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २९ जना, , विराट मेडिकल कलेजबाट ७ जना, होटल एशियाटेक आइसोलेसनबाट ५ जना, मेचि अस्पतालबाट ५ जना, न्युरो कार्डियो अस्पताल विराटनगरबाट १ जना, बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म ३ हजार ९८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित

ताजा अपडेट
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल