विराटनगर १४ असोज ।
मंगलबार प्रतितोला ९०० रुपैँयाले बढेको सुनको मूल्य बुधबार ५०० रुपैँयाले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।