काठमाडौं १३ असोज ।
आज नेपालमा थप १५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १५१३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको जानकारी दिएको छ ।
यस्तै आज थप ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।
थप ८१० जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ४९१ पुगेको छ ।