काठमाडौँ १० असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जना पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा सप्तरीका ६३ वर्षीय, काठमाडौँका २० र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४६७ पुगेको छ ।