झापा १० असोज ।
झापाको अर्जुनधारामा गोरु काटेको आरोपमा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने २० वर्षीय ईमन दाहाल, २७ वर्षीय विर बहादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन् । उनिहरुले गोरु काटेको र टाउको तथा खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको खुलेको छ ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले तिनै जना उपर कानुनी कारवाही अगाडी बढाइएकोे जानकारी दिएको छ ।