विराटनगर ८ असोज ।
प्रदेश १ मा आज ११४ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ७९४ जनाको नमुना परीक्षण गर्दा ४७ महिला र ६७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ८६ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ३६ पुरुष, ३५ महिला, बुढीगंगाका ४ पुरुष, २ महिला, सुन्दरहरैँचाका २ पुरुष, २ महिला, कटहरीका २ पुरुष,पथरीशनिश्चरेकी १ महिला, धनपालथान र सुनवर्षीका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका ९ पुरुष, ४ महिला, दुहवीका ६ पुरुष, १ महिला र इटहरीकी १ महिला गरी २१ जना, झापा विर्तामोडका २ पुरुष, भद्रपुर, कनकाई र झापा गापाका १–१ पुरुष गरी ५ जना, उदयपुरका १ पुरुष र अन्य सिराहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३८६ रहेको छ ।प्रदेश १ मा हालसम्म १७ महिला र ४२ पुरुष गरी ५९ जनाको मृत्यु भइसकेको छ ।