Birat Post बिहिबार, आश्विन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

हुम्ला ८ असोज ।

हुम्लाको लोलुङचोङ सीमा क्षेत्रमा चीनले भवन बनाए संगै चर्चामा आएको नेपाल , चीन छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नेपाली भुमिमा भवन बनाएको भन्ने विषय संगै त्यस स्थानको चर्चा र चासो ब्यक्त गरिएका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ भेटिएको बताइएको छ ।
नाम्खा गाउँपालिका वडा नम्बर ६ को लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेको छ । नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा र प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको टोली त्यहाँ पुगेर फर्किदै गरेको बताइएको छ । जसमध्ये अध्यक्ष लामाको गाउपालिका आइसकेको बताइएको छ । उता अनुगमनमै गएको प्रजिअ गिरीको टोली भने सम्पर्कमा आउन नसकेको बताइएको छ ।
यही असोज ३ गते शनिबारका दिन त्यहाँ पुगेको टोलीले बुधबार उक्त सीमा स्तम्भ भेट्टाएको अध्यक्ष लामाले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको अध्यक्ष लामाको भनाइ छ ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल