विराटनगर ६ असोज ।
संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्धि बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसैगरी मोरङ जहदा–१ बस्ने १७ वर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा डुबेर ऋषिदेवको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।