विराटनगर ४ असोज ।
प्रदेश १ मा आज ७८ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ५ सय ५३ जनाको नमुना परीक्षण गर्दा २७ महिला र ५१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ५७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २५ पुरुष, १३ महिला, कटहरीका ३ पुरुष, ५ महिला, बुढीगंगाका ५ पुरुष, रंगेलीका ४ पुरुष, जहदा र सुन्दरहरैँचाका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी दुहवीका ४ पुरुष, ३ महिला, ठेगाना नखुलेका १ पुरुष, २ महिला, र बर्जुकी १ महिला गरी ११ जना, झापा अर्जुुनधाराका ३ पुरुष र कनकाईकी १ महिला, अन्य सिराहाका २ पुरुष, राजविराज र सप्तरीका १–१ पुरुष, लहान र जनकपुरका १–१ महिलाकोे रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९८६ रहेको छ ।
प्रदेश १ मा हालसम्म १४ महिला र ३९ पुरुष गरी ५३ जनाको मृत्यु भइसकेको छ ।