काठमाडौं २ असोज ।
नेपालमा आज थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो ।
मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय एक पुरुष र ८५ वर्षीया एक महिला, भक्तपुरका ८२ वर्षीय एक पुरुष, ललितपुरकी ६६ वर्षीया एक महिला र नवलपरासीका ३१ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।