विराटनगर २ असोज ।
प्रदेश १ मा आज १६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ६ सय ६९ जनाको नमुना परीक्षण गर्दा ५७ महिला र १०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १०० जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ३३ पुरुष, २५ महिला, कटहरीका ८ पुरुष, ७ महिला, धनपालथानका २ पुरुष, १ महिला, बुढीगंगाका १ पुरुष, ३ महिला, जहदाका २ पुरुष, १ महिला, ठेगाना नखुलेका ६ पुरुष, ३ महिला, सुन्दरहरैँचा र ग्रामथानका १–१ पुरुष, बेलबारी र रंगेलीका १–१ महिला र पथरीशनिश्चरेका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी इटहरीका २५ पुरुष, ७ महिला, बराहक्षेत्रका १० पुरुष, २ महिला, धरानका ८ पुरुष, १ महिला, इनरुवाका १ पुरुष, १ महिला र हरीनगरकी १ महिला गरी ५६ जना, झापा शिवसताक्षीका ४ पुरुष, ३ महिला र कनकाईका १ पुरुष गरी ८ जना र उदयपुरका २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज १९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९५२ रहेको छ ।
प्रदेश १ मा हालसम्म १४ महिला र ३९ पुरुष गरी ५३ जनाको मृत्यु भइसकेको छ ।