Birat Post बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ भदौ ।

बहिरा तथा अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघले आफ्नो सेवा प्रवाहलाई थप परिमार्जित गरेको छ । उसले श्रवण दृष्टिविहीन बालबालिकाको पहिचान गरी संरक्षण गर्ने ,त्यसखाले परिवारलाई राहत वितरण गर्ने साथै अनलाइन माध्यममा जोडिन सक्ने लंक्षित वर्गलाई अनलाइन थेरापी सेवा समेत प्रवाह गर्ने कामको थालनी गरेको छ ।

बुधवार विराटनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा कोशी बहिरा संघले विराटनगर लगायत मोरङ जिल्लाका केही पालिकाहरुलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दियो । संघले नेपालमा श्रवणदृष्टिविहीनता भएकाहरुका लागी स्वस्थ जिवन कार्यक्रम अन्तर्गत सेवा प्रवाहका कार्यक्रम अगाडी ल्याएको हो । जस अनुरुप संघले हाल ८ पुरुष र ३ महिला गरी ११ बालबालिकामा श्रवण दृष्टिविहीनताको पहिचान गरी सेवा प्रदान गर्दै आएको छ ।

बहिरा संघले त्यस्ता बालबालिकाको संरक्षण गर्ने , आवश्यक शिक्षा ,स्वास्थ्यको समेत प्रबन्ध गर्ने बताएको छ । अफ्ठेरो परिस्थितीमा गुज्रेका श्रवणदृष्टिविहीनता भएका बालबालिकाको विषयमा कलम चलाइदिन र उनिहरुको अवस्था उजागर गरिदिन संघले आग्रह गरेको छ । यो ३ बर्षे परियोजना कार्यक्रमका लागी जोआ र सेन्स युके ,सेन्स इन्डिया र राष्ट्रिय बहिरा महासंघ नेपाल काठमान्डौले सहयोग गरेको छ । जसमा ५८ लाख ९४ हजार बजेट आएको बताइएको छ । कार्यक्रममा कोशी बहिरा संघका अध्यक्ष सुनिता तिवारी ,महासचिव रन्जन निरौला,कोषाध्यक्ष जीवन दाहाल,सचिव गीता बस्नेत,सदस्य कमला बराल र परियोजना संयोजक प्रशान्त दुलाल,दोभाषे सन्तोषी घिमिरे ,श्रबणदृष्टिविहिन प्रशिक्षक गोमा कार्की,आकाश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल