Birat Post सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ भदौ ।
प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ४ सय ८३ जनाको नमुना परीक्षण गर्दा १५ महिला र ७२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ५५ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १३ पुरुष, १ महिला, बुढीगंगाका ८ पुरुष, ५ महिला, कटहरीका १३ पुरुष, २ महिला,ग्रामथानका ५ पुरुष, २ महिला, जहदाका १ पुरुष, रतुवामाइका ३ पुरुष र ठेगाना नखुलेका १ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी इनरुवाका १३ पुरुष, १ महिला, धरानका २ पुरुष, २ महिला, भोक्राहा र इटहरीका २–२ पुरुष, दुहवी र ठेगाना नखुलेका १–१ पुरुष गरी २४ जना, झापाका १ पुरुष, १ महिला, उदयपुरका १ पुरुष , अन्य लहानका ३ पुरुष, सिराहा र राजविराजका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ७०२ रहेको छ ।

प्रदेश १ मा हालसम्म १३ महिला र ३६ पुरुष गरी ४९ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल