उदयपुर २८ भदौ ।
उदयपुरको कटारी नगरपालिकामा एक महिलाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । उदयपुर लखनथुम्का बस्ने ५० बर्षिया डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको आरोपमा स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका ११ हात्तीसुँडे स्थित जङ्गलबाट नियन्त्रणमा लिएको बताइएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।