विराटनगर २८ भदौ ।
प्रदेश १ मा आज ४६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ५ सय ४७ जनाको नमुना परीक्षण गर्दा २० महिला र २६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ४१ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २० पुरुष, १८ महिला, धनपालथानका २ पुरुष र ग्रामथानका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै खोटाङ र उदयपुरका १–१ पुरुष, झापाकी १ महिला, अन्य राजविराजका १ पुरुष र लाहानकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै आज ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३४ रहेको छ ।
प्रदेश १ मा हालसम्म १३ महिला र ३४ पुरुष गरी ४७ जनाको मृत्यु भइसकेको छ ।