Birat Post आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ भदौ ।
नेपाली लेखक सङ्घ मोरङले १०७ औं बीपी जयन्तीको उपलक्ष्यमा “बीपी र लेखन स्वतन्त्रता” विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

जुम प्रविधिमार्फत गरिएको उक्त गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भाषा,साहित्य र संस्कृतिसम्बन्धी विषयमा लेखक साहित्यकारहरूबाट आफूले महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए । बीपीले उल्लेख गरेका राष्ट्रवादको विषयलाई अझ प्रबर्द्धन गर्दै जानुपर्ने र त्यसका लागि नेपाली लेखक सङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए ।

सो गोष्ठीका सभापति एवं नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीले बीपी स्वतन्त्रतापूर्वक साहित्य सिर्जना गर्ने व्यक्तित्व भएकोले लेखन स्वतन्त्रता सम्बन्धी विषयमा केन्द्रित हुँदै उनीप्रति श्रद्धा सुमन अर्पण गर्न यस किसिमको परिचर्चा कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाली लेखक सङ्घ मोरङका सचिव मीनकुमार नवोदितले नेपाली लेखक सङ्घजस्ता संस्थाको माध्यमबाट बीपीको साहित्यिक व्यक्तित्वलाई उजागर पार्दै लैजानुपर्ने र त्यसका लागि लेखक संघ मोरङले विभिन्न गतिविधिहरु गर्दै जाने बताए ।

नेपाली लेखक सङ्घ मोरङका सल्लाहकार दधिराज सुवेदीले नेपाली लेखक सङ्घ मोरङले “विराट लेखक सम्मेलन”जस्ता राष्ट्रियस्तरका ऐतिहासिक महत्वका कार्यक्रमदेखि लिएर भाषाशास्त्री बालकृष्ण पोखरेल , राष्ट्रकवि माधव घिमिरे र शताब्दीपुरुष सत्यमोहनका आँगनमै पुगेर काव्यसभा मार्फत उनीहरुमा सम्मान अर्पण गर्नेजस्तो महत्वपूर्ण काम गरिसकेको स्मरण गर्दै बन्दाबन्दीकै समयमा पनि बौद्धिक व्यक्तित्वहरुलाई भेला पारेर इन्टरनेट प्रविधिको माध्यमद्वारा यस किसिमको सभा सम्पन्न गर्न सकेकोमा सो सङ्घको वर्तमान कार्यसमितिकोे उच्च प्रशंसा गरे ।

सो विचार गोष्ठी कार्यक्रमका संयोजक एवं नेपाली लेखक सङ्घ मोरङ कार्यसमिति सदस्य निर्मला कोइरालाले सम्पूर्ण सहभागीहरुमा स्वागत अभिवादन गर्दै परिचर्चा कार्यक्रमको सहजिकरण गरेका थिए ।

सो गोष्ठीमा डा.तुलसी भट्टराई, , पुरुषोत्तम दाहाल, डा.ज्ञानु पाण्डे, सनत रेग्मी, श्रवण मुकारुङ, कृष्ण धरावासी, डा.कुमार कोइराला, कृष्ण प्रधान र रत्नमणि नेपाल र दधिराज सुवेदीले लेखन स्वतन्त्रताका विविध पक्षमाथि आआफ्नो धारणा प्रकट गरेका थिए । कार्यक्रममा कवि प्रह्लाद पोखरेल र राधिका गुरागाईले बीपीमाथि केन्द्रित श्रद्धासुमन कविता वाचन गरेका थिए ।

सो जुम गोष्ठीमा साहित्यकारहरू डा. गोविन्दराज भट्टराई, कविराज न्यौपाने,वनमाली निराकार,विवश पोखरेल, मनोज न्यौपाने , नारायण सापकोटा ,दिङ्लाली कान्छो, चुडामणि नेपाल अकिञ्चन, कविराज पोखरेल, सुन्दर पन्त, नारायण तिम्सिना, इलम शाहीलगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

सो अन्तरक्रियामा प्रगतिवादजस्तो निर्देशित साहित्यले मात्र नेपाली भाषा साहित्यको स्तर उकास्न नसक्ने भएकाले स्वतन्त्र लेखनको अत्यन्तै ठूलो महत्व रहेको कुरा सबैजसो सहभागी विद्वानहरूले उल्लेख गरेका थिए । बीपीले व्यक्त गरेको लेखकीय अराजकतालाई स्वतन्त्र र विशिष्ट लेखनको रूपमा बुझ्नुपर्ने निष्कर्षका साथ गोष्ठी समापन भएको थियो ।

नेपाली लेखक सङ्घ मोरङले बीपी जयन्तीको दिन विराटनगरस्थित बीपीकै आँगनमा पुगेर काव्यिक श्रद्धाञ्जलीको कार्यक्रम गर्ने गरेकोमा यसपटक बन्दाबन्दीका कारण यसरी जुममार्फत श्रद्धासुमन अर्पण गरिएको थियो । आगमी वर्षहरुमा विगतमाझैँ बीपी निवासमै पुगेर यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीले बताए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल