Birat Post बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ भदौ ।
प्रदेश १ मा आज १५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ३ सय ७० जनाको नमुना परीक्षण गर्दा ६३ महिला र ९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ८० जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ४० पुरुष, ३० महिला, लेटाङमा ३ पुरुष, १ महिला, ग्रामथानकी १ महिला, पथरीशनिश्चरेका ३ पुरुष, उर्लाबारी र सुन्दरहरैँचाका १–१ पुरुषमा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी इटहरीका १३ पुरुष, ८ महिला, इनरुवाका १२ पुरुष, ४ महिला, धरानका ९ पुरुष, १४ महिला गरी ६० जना , झापा शिवसताक्षीकी १ महिला, कमल गापा र कनकाइ नपाका १–१ पुरुष , धनकुटाका ३ पुरुष, महिला, भोजपुरका ४ पुरुष, १ महिला , ताप्लेजुङकी १ महिला , उदयपुरका १ पुरुष र अन्य सप्तरीकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २ हजार ४२१ रहेको छ ।

प्रदेश १ मा हालसम्म ११ महिला र ३२ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल