काठमाडौँ २१ भदौ ।
नेपालमा थप ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ९ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मोरङ र झापामा १–१ महिला रहेका छन् भने काठमाडौंका ३ पुरुष, मोरङ, पर्सा, धनुषा र चितवनका १–१ पुरुष रहेका छन् ।
यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २८९ पुगेको छ ।