🔹काैशल निराैला जब सम्म स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मेयरकाे अधिनमा रहदैन तब सम्म याे देशमा केही विकास हुदैन । सियाेकारूपमा जाेड्ने काम यहाँ हुदै हुन्न , केवल कैचीकाे काम हुन्छ । जुन जाेड्ने भन्दा बिगार्ने काम बढी हुन्छ । स्थानीय तहका प्रमुखहरूलाइ राज्यको केन्द्रीय शासकहरूले यतिबिघ्न चर्काे निरंकुशता लगाएका छन् जुन भनिसाध्य छैन । याे खाले नीतिलाइ न लाेकतन्त्र भनिन्छ न त गणतन्त्र । बर्षमा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरेर मेयरलाइ काम गर्न नदिने र स्थानीय राज्य प्रणाली कमजोर बनाउने तर्फ केन्द्रीत देखिन्छन् । यसमा ठूलो धनराशिकाे हिनामिना भइरहेको छ । याे त फगत जनता मारा तन्त्र हाे । भित्री रहस्य जनतालाई थाहै छैन । यदी मेयर र प्रमुख प्रशासकीय अधिकृतले गलत काम गरेर केही नियाेजित फाइदा लिएकाे पाइए कडा कारवाही गर्ने जन अधिकार दिए त पुग्ने थियाे । नभए प्रशस्त्र कारवाही गर्ने कानुनी मापदण्ड बनाएपनि हुन्छ । उठ जनता ,बुझ कुरा र केन्द्रीय शासकहरूलाइ झकझकाउन थाल । यिनीहरुले देश विकास गरिरहेका छैनन् । लुट मच्चाउने प्रपञ्च मात्रै रचेका छन् । बर्षमा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरेर मेयरलाइ काम गर्न नदिने र स्थानीय राज्य प्रणाली कमजोर बनाउने तर्फ केन्द्रीत देखिन्छन् । यसमा ठूलो धनराशिकाे हिनामिना भइरहेको छ । जसमा पार्टीगत राजनीति हेरेर केन्द्रीय शासकहरूले गरेकाे उदण्ड व्यवहारबाट देश काेराेनाभन्दा बढी संक्रमित भइसकेकाे छ । स्थानीय तहका जनप्रतिनिधिहरूलाइ जति काम भए पनि जनतालाइ देखाउनु छ । जसका लागि हनुमान भजन गाएर भएनी काम निकाल्दै छन् । एउटा तहकाे कुरा छैन यहाँ देशभरिका स्थानीय तह जाे केही गराै भन्छ ,जनताकाे काम गराै भन्छ तर सक्दैन । कति पनि माखाे मार्न सकिरहेको छैन ।
स्थानीय तहले जुन गतिमा काम गर्न सक्थ्यो त्याे गर्न सकेकाे छैन । यसकाे दाेष केन्द्रीय सरकारका भराैटेहरूले लिनु पर्दछ ।याे जानाजान भएको भ्रष्टाचार भएकाले तत्काल यसकाे प्रतिवाद गराै । मेयरहरू बाेल्न त बाेलिरहेकै छन् तर सुन्दिने राज्य विभेदमा उत्रिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूलाइ जति काम भए पनि जनतालाइ देखाउनु छ । जसका लागि हनुमान भजन गाएर भएनी काम निकाल्दै छन् । एउट तहकाे कुरा छैन यहाँ देशभरिका स्थानीय तह जाे केही गराै भन्छ ,जनताकाे काम गराै भन्छ तर सक्दैन । कति पनि माखाे मार्न सकिरहेको छैन ।यसकाे सबैभन्दा ठूलो अपराधी जड भनेकै केन्द्रीय राज्य सत्ताकाे अति राजनीतिकरण हाे । भाे अति भै रा छ ,जागाै उठाै न अब त । क्रमश …