काठमाडौँ १६ भदौ ।
नेपालमा थप ११ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक बालिका गरी ११ जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २३९ पुगेको छ ।