काठमान्डौ १६ भदौ ।
देशभरको मौसम आज मंगलबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुन सक्रिय बनेको छ ।
देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने बताइएको छ ।