काठमाडौँ १३ भदौ ।
नेपालम थप १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १२ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको हो । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका १/१ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २०७ पुगेको छ ।