विराटनगर १२ भदौ ।
प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये १४ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ५ पुरुष,२ महिला, लेटाङका १ महिला २ पुरुष, रंगेली र सुन्दरहरैचामा २–२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीको इनरुवामा १४ पुरुष, ६ महिला, धरानका ४ पुरुष, ५ महिला, देवानगञ्जका २ महिला २ पुरुष, इटहरीका ५ पुरुष, कोशी गाउँपालिकाका ३ पुरुष गरी ४१ जना, झापाको कमलगाउँपालिकाका ७ पुरुष, २ महिला, मेचीनगरका ३ पुरुष, हल्दीबारीका १ पुरुष, शिवसताक्षीकी १ महिला गरी १४ जना, संखुवासभाका १ पुरुष,१ महिला, पाँचथरका १ पुरुष र अन्य१ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश एकमा आज २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय १६ पुगेको छ ।