Birat Post बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ भदौ ।
निजी क्षेत्र तथा नागरिक समाजका अगुवाहरुले खरिद गरी विराटनगर महानगरमार्फत कोशी अस्पताललाई हस्तान्तरण गरिएको पिसिआर मेसिनका विषयमा आएका विभिन्न टिकाटिप्णीको खण्डन गरिएको छ । निश्चित व्यक्तिहरुको सहभागितामा बनेको कोभिड राहत समितिको कोषका तर्फबाट विहिवार जारी विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुराहरुमा सत्यता नभएको बताइएको छ ।

सत्य कुरालाई मोडेर असत्य कुराको मात्रै हल्ला गरिएको भन्दै समितिले यसको कडा प्रतिवाद गरेको छ । बिज्ञप्तिमा हामी आफैले बनाएको कोष भएको र यो कोषमा रकम जम्मा गर्ने पनि हामी आफै मात्र भएको हुदा रकम दुरुपयोग हुने कुरै आउदैन भनिएको छ । यसमा भ्रष्टाचार हुने कुरा हास्यासपद छ । यसमा हामी आफै जिम्मेबार छौ र यो राम्रो कामको चित्त नबुझ्ने केही एकाधतत्वहरुले बिबादमा ल्याउने चेष्टा गरेकोमा हामी दुखिःत भएका छौ ,,भनिएको छ ।

समितिमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,संरक्षक सदस्य विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योगी पवन सारडा ,राजेन्द्र राउत ,सुयेश प्याकुरेल ,नविन रिजाल ,शुसिल धनावत, अरुण न्यौपाने ,प्रदिप मुरारका ,नन्दकिशोर राठी लगायत रहेका छन् ।

सम्युक्तरुपमा हस्ताक्षरित  बिज्ञप्तिमा भनिएको छ “विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विराटनगर महानगरपालिका क्षेत्रभित्र पनि समुदाय स्तरमा फैलिरहेको सवैमा सर्वविदित नै छ । यसै शिलसिलामा निजी क्षेत्र तथा नागरिक समाज जम्मा भइ स्वखुसी रकम संकलन गरी एउटा कोष बनाएको कुरा कसैमा छिपेको छैन । संकलित रकम बाट खरिद गरिएको मेसिन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको हामीले सञ्चार क्षेत्र र आम नागरिकलाई जानकारी गराइ सकेका छौ । विराटनगरका सहयोगी दाताहरुले स्वच्छ मनका साथ प्रदान गरिएको रकम बाट किनिएको पीसीआर मेसिनको सम्वन्धमा हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त मेसिन खरिदका विषयमा लगाएका सवै किसिमका आरोपहरुको हामी खण्डन समेत गर्दछौ ।

विराटनगरमा एउटा उचाइ सहित र समाजरुपान्तरणको बाटोमा हिड्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढीरहेका हामी ÷हाम्रो अगुवाइमा भएको मेसिन खरिद र यो प्रकरणमा कुनै किसिमका गलत काम नभएको प्रष्ट पार्न चाहन्छौ । मेसिन खरिदमा घोटला भन्ने खालका समाचार तथा अनाबश्यकरुपमा सामाजिक सन्जालमा भइरहेका प्रचारवाजी तथा टिकाटिप्पणीमा सत्यता नरहेको आम नागरिकलाई बिश्वस्त पार्न चाहन्छौ । हामी आफैले बनाएको कोष भएको र यो कोषमा रकम जम्मा गर्ने पनि हामी आफै मात्र भएको हुदा रकम दुरुपयोग हुने कुरै आउदैन । यसमा भ्रष्टाचार हुने कुरा हास्यासपद छ । यसमा हामी आफै जिम्मेबार छौ र यो राम्रो कामको चित्त नबुझ्ने केही एकाधतत्वहरुले बिबादमा ल्याउने चेष्टा गरेकोमा हामी दुखिःत भएका छौ ।

यस्ता समाचार र प्रचारवाजीले सहयोगी हातहरु निराश हुने र भोलीका दिनमा थप समस्या सिर्जना हुन पनि सक्ने तर्फ पनि ध्यानाकर्षण गराउछौ । यो संस्थागत सहयोग पनि होइन र नेपालकै गरिमामय संस्थामा आबद्ध व्यक्तिहरु मात्रै सहभागी भएको काममा अबरोध सिर्जना गराउने र विराटनगरमा राम्रो काम गर्न नदिने नियत यसमा प्रश्ट झल्किन्छ । उक्त १२ लाख ५० हजार भारुमा नेपालमा उपलब्ध हुने भनी आएको कुरा सत्य नभएको र तेस्रो मुलुक जर्मनवाट उत्पादित सामाग्री भारत बाट नेपाल ल्याउन सक्ने नेपालको कानूनी प्रावधाननै नरहेको स्पष्ट पार्न चाहन्छौ ।

यसरी तथाकथितरुपमा पेश गरिएको कोटेसनवाट विराटनगरमा डेलिभरी हुन्छ भने उक्त खरिदकर्ता सप्लायर्सले उक्त मेसिन फिर्ता लिने र ३ दिन भित्रमा तथाकथित कोटेसनमा उल्लेख भए बमोजिमको पैसामा मेसिन आउने भए व्यवसायी तथा उद्योगी प्रदिप मुरारकाले २ वटा मेसिन रु ४० लाखमा खरिद गरी निशुल्क दान गर्ने घोषणा गरेको समेत यही विज्ञप्तिमार्फत जानकारी गराउछौ । सो मेसिन कोशी अस्पतालले पाए संगै हाल संक्रमित सेवाग्राही लाभान्वित भएका छन् । कोशी अस्पताल र प्रदेश ल्यावको समेत मेसिन विग्रेको र विराटनगरमा कोरोना संक्रमणको स्थिती भयाबह बन्दा ल्याइएको यो मेसिन विराटनगर तथा प्रदेशवासीका लागी उपहार समेत हो ।

यो मेसिन प्रस्ताव राखिएको २ दिनमै ल्याइ परिक्षणमा सहयोग पुर्याउने उद्योगी व्यवसायी प्रदिप मुरारकालाई समितिको तर्फबाट धन्यवाद समेत ज्ञापन गर्दछौ । साथै कोभिड राहतकोषमा आबद्ध हामी सवैलाई बिवादित बनाउन खोज्ने अबाञ्छित तत्वहरुको भत्सर्ना गर्दै अहिलेको मानवीय सेवामा समर्पित रहन अपिल गर्दछौ भनिएको छ । विवादित बन्नु नपर्ने विषय बिवादमा परेको भन्दै समितिका पदाधिकारीहरुले दुखेसो पोखेका छन् ।

समितिद्वारा जारी बिज्ञप्ति :

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल