विराटनगर ९ भदौ ।
प्रदेश १ मा आज १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४८ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १६ पुरुष र १० महिला, धनपालथानका ६ पुरुष र २ महिला, गा्रमथानका ५ पुरुष र १ महिला, बेलबारीका २ पुरुष र १ महिला, बुढिगङ्गाका २ पुरुष, रंगेलीका १ पुरुष, जहदाका १ महिला र ठेगाना नखुलेका १ महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सुनसरी कोशी गा.पा.का ५ पुरुष, देवानगञ्जका २ पुरुष, गढीका १ पुरुष, भोक्राहाका ६ पुरुष, बराहक्षेत्रका ३ पुरुष, दुहवीका १४ पुरुष र २ महिला, इटहरीका ४ पुरुष र ४ महिला, इनरुवामा २ र पुरुष १ महिला, धरानका ३ महिला र ठेगाना नखुलेका १ महिला गरी ४८ जना, झापा गौरीगञ्ज, दमकका १/१ पुरुष, भद्रपुरका ३ पुरुष १ महिला, कमल गा.पा.का १ पुरुष १ महिलामा गरी ८ जनामा जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै खोटाङका १ पुरुष,अन्य ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ८ सय ३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार ३ सय ३२ पुगेको छ ।