विराटनगर ७ भदौ ।
प्रदेश १ मा आज ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ५० जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका २४ पुरुष र १८ महिला,बुढीगंगाका १ पुरुष र ४ महिला, केराबारीका २ र ठेगाना नखुलेका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाको कमल गा.पा.का २ पुरुष र १ महिला, झापा गा.पा.का १ पुरुष, बिर्तामोडका २ महिला, कन्काईका १ महिला, गौरादह का २ र ठेगाना नखुलेका १ पुरुषमा गरी १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी इटहरीका ८ पुरुष र १ महिला,अन्य धनुषाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज २५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय ६८ पुगेको छ ।