विराटनगर ४ भदौ ।
विराटनगर महानगरले बैझनाथपुर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा रहेका १८ जना ब्याक्तिहरु कोरोना जितेर घर फर्किएका छन् । पुनः पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ देखिए संगै उनीहरु घर फर्केका हुन् । जसमा कोरोना भाइरसबाट संक्रमित ६ जना पत्रकार समेत रहेका छन् ।बिहिवार उनिहरुलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले फुलमाला लगाएर बिदाई गरेका थिए । महानगर आफैले बनाएको आइसोलेसन बाट नगरवासीलाई सेवा दिन पाउदा खुसी भएको धारणा मेयर पराजुलीले राखेका थिए ।
यस्तै विराटनगर १९ बैझनाथपुर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसन बाट १८ जना र होम आइसोलेसनमा बसेका २८ जनाले आज कोरोना जितेको विराटनगर महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरमा कोरोना संक्रमण भइ निको हुनेको संख्या दिनहुं बढ्दो छ । महानगरले विराटनगरका दुइ स्थानमा सुविधा सम्पन्न आइसोलेसन बनाए संगै सेवाग्राही बिरामीले राहत पाएका छन् ।
केही दृष्यहरु :कौशल निरौला