विराटनगर ४ भदौ ।
प्रदेश १ मा आज ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १० जना मोरङका संक्रमित रहेका छन् । मोरङ बुढीगंगाका २ पुरुष र २ महिला, सुन्दरहरैचाका ५ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका ३ पुरुष र ३ महिला, कोशी गा.पा.का ४ पुरुष, रामधुनीका, दुहवी का १/१ पुरुषमा गरी १२ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै झापाका १ पुरुष,धनकुटाका १ पुरुष, उदयपुरका २ पुरुष १ र महिला र अन्य सर्लाहीका १ पुरुष र १ महिला,धनुषा,जनकपुरका १/१ पुरुष ,महोत्तरीका २ महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै तेर्हथुमका ६ पुरुष र ३ महिलामा समेत संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।