विराटनगर २४ साउन ।
प्रदेश १ मा आज ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४८ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २६ पुरुष र ७ महिला, बुढीगंगाका १२ पुरुष र उर्लाबारी,कटहरी,धनपालथानका १/१ महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका २ पुरुष र २ महिला, दुहवीका ३ पुरुष र १ महिला, र इनरुवाका २ पुरुष गरी १० जनामा संक्रमण देखिएको छ ।
यसैगरी अन्य महोत्तरीका १ पुरुष, १ महिला र राजविराजका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ८३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।