विराटनगर २३ साउन ।
प्रदेश १ मा आज ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २४ पुरुष र ८ महिला, रंगेलीका २३ पुरुष र ६ महिला, बुढीगंगाका २ पुरुष लगायत कटहरीका १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका १ पुरुष र झापाका २ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै आज प्रदेश १ बाट ५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये उदयपुरका ४ पुरुष र मोरङका १ महिला रहेका छन् ।
यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१० पुगेको छ ।