विराटनगर २० साउन ।
प्रदेश १ मा आज ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २० जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ७ पुरुष र ४ महिला, बुढीगंगाका ३ पुरुष र १ महिला, लेटाङ्ग र केराबारीका २/२ पुरुष,उर्लाबारीका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुनसरीका १२ जनामा कोरोना संक्रमण देखिएको छ । इटहरीका ३ पुरुष र १ महिला,धरानका ३ पुरुष, दुहबीका ४ पुरुष र इनरुवाका १ पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै झापा कचनकवलका ३ पुरुष, दमक र गौरिगन्जका २/२ पुरुष, भद्रपुरका १ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै इलाम सूर्योदयका २ पुरुष र धनुषाका १ पुरुष गरी प्रदेश १ मा जम्मा ४३ जनामा संक्रमण पुष्टि भएको हो।
यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार १ सय ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।