विराटनगर १६ साउन ।
प्रदेश १ मा आज ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १२ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ६ पुरुष र ५ महिला, सुनवर्षीका १ महिलामा संक्रमण पुष्टि भएको हो । यसैगरी झापाका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।झापा मेचिनगरका ११ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै इलामका ५ पुरुष र उदयपुरका १ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।